कोरोना अपडेटः भारतमा एकैदिन विश्वकै अहिलेसम्मको उच्च सङ्क्रमण

छहारी संवाददाता
भदौ १५, २०७७

भारतमा एकैदिन विश्वकै अहिलेसम्मको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन्।

यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो।दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो, बीबीसीले लेखेको छ ।

आइतवार विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड(१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ। जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*