ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

छहारी संवाददाता
साउन २७, २०७७

सडकमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौडा ११ थानाभर्याङमा एक जनाको मृत्यु भएको छ ।

गएराती हेटौडाबाट चितवान जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकल रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकमा ठोक्किँदा चालक हेटौडा ११ नवलपुर बस्ने १८ वर्षका अजय बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सुनिल सुनार सामान्य घाइते भएका छन् । बाइक ओभरस्पिडमा रहेकाले दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

बिश्वकर्माको उपचारको क्रममा चुरेहिल अस्पताल मृत्यु भएको हो । घाइते भिमफेदि ९ नामटार घरभई हाल हेटौडा ११ थानाभर्याङ बस्ने २४ वर्षका सुनार सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*