कोरोना अपडेटः हेटौंडाका सबै १९ वडा सहित राजमार्ग क्षेत्रमा निषेधाज्ञाका लागि सिफारीस

छहारी संवाददाता
साउन २५, २०७७

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित राजमार्ग क्षेत्रमा निषेधाज्ञाका लागि सिफारीस गरेको छ ।

केन्द्रको आज बसेको आकस्मिक बैठकले साउन २६ गते राती १२ बजे देखि लागुहुने गरी हेटौंडा उपमहानगरपालिकासहित पुर्वपश्चिम राजमार्ग क्षेत्रमा साउन ३२ गते सम्म निषेधज्ञा जारी गर्न जिल्ला सुरक्षा समितीलाई सिफारीस गरेको हो ।

केन्द्रको सिफारिस अनुसार हेटौंडाका सबै १९ वडा र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी हुनेछ । सो निर्णय अनुसार महेन्द्र राजमार्गसंग सिमाना जोडिएको मनहरी गाउँपालिकाको क्षेत्रहरुमा पनि निषेधाज्ञा लागु हुनेछ।

केन्द्रको सिफारिसलाई सुरक्षा समितिले लागू गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् ।

आज मकवानपुुरमा २३ जनामा कोरोना पुष्टि भए संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले संक्रमण जोखिमलाई मध्यनजर गर्दै साउन ३२ गते सम्म निषेधज्ञा जारी गर्न सुरक्षा समितीलाई सिफारीस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*