कोरोना अपडेटः हेटौंडामा चार जना प्रहरी सहित २३ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
साउन २५, २०७७

हेटौंडामा आज मात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा कार्यरत ५ जना प्रहरी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १५ जना  र ५ जना प्रहरी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्रामा रहेको श्रमिक मावि स्थित आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो ।

हेटौंडामा उपमहानगरपालिका २ का एक जना, हेटौंडा उपमहानगरपालिका ४ का चार जना, हेटौंडा उपमहानगरपालिका ५ का चार जना, हेटौंडा उपमहानगरपालिका ६ का एक जना, हेटौंडा उपमहानगरपालिका ९ का तीन जना, हेटौंडा उपमहानगरपालिका ११ का एक जना, हेटौंडा  उपमहानगरपालिका १३ का एक जना, विराटनगर घर भई भै हेटौंडा बस्ने एक जना, भीमफेदी गाउँपालिकाका एक जना, मकवानपुर गढीका १ जना, बकैयाका १ जना र  हेटौंडामा कार्यरत प्रहरी चार जनामा कोरोना पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा कोरोनाको लक्षण पनि देखिएको आईसोलेसन वार्डका प्रमुख चौँलागाईले बताउनुभयो । उनीहरुलाई आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*