सुमार्गीकाे उम्मेदवारी समग्र समाजकाे हितका लागि
नेपाल उधाेग वाणिज्य महासंघकाे अागामी महाधिवेशनका लागि खुलातर्फ कार्यसमिति सदस्य उम्मेदवारमा मकवानपुर जिल्लाका तर्फबाट अरुणराज सुमार्गी पराजुली मनाेनित हुनुभएकाे छ ।
मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र तत्कालीन मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेर नेउवा महासंघको कार्यकारिणी समितिका मनोनित सदस्य समेत रहनुभएका सुमार्गी महासंघको अागामी महाधिवेशनमा मकवानपुर उधाेग वाणिज्य संघका तर्फबाट जिल्ला, नगर उद्योग वाणिज्य संघको खुलातर्फ कार्यकारिणी समिति सदस्यमा उमेदवार रहने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
निरन्तर उधाेग व्यवसायिकाे हकहितका लागि लागिपरिरहनुभएका केन्द्रीय सदस्य सुमार्गीले उद्योगी व्यवसायी तथा राष्ट्रकाे समग्र अर्थतन्त्र विकासका पक्षमा निरन्तर कलम चलाउदै अाईरहनुभएकाे छ ।
मकवानपुर उधाेग वाणिज्य संघले सुमार्गीलाई निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै सुमार्गीप्रति सद्भाव, सहयोग तथा समर्थनका लागि संघले अनुरोधसहित विभिन्न जिल्ला नगर उवा संघहरुलाई पत्र समेत पठाएको छ ।

निरन्तर रुपमा जिल्ला लगायत देशका हरेक विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेका सुमार्गीले उद्योग-व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा विशेष याेगदान समग्रमा समाजको हितअनुरूप रहनु नै उद्योग वाणिज्य संघका लागि प्रेरणादायी विषय रहेको जनाएको छ ।
सुमार्गीकाे उम्मेदवारी स्वभाविक रहेकाे भन्दै अनुरोधसाथ मउवा संघले महासंघकाे कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुँदा सबै जिल्ला/नगर उद्योग वाणिज्य संघको भावनाको उचित प्रतिनिधित्व हुने विश्वास रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।







