मुख्यमन्त्रीले बन्दैन भनेपनि बन्छ परेवाभिरकाे बाटाे : नेता बाँनिया

छहारी संवाददाता
१४ श्रावण २०७७, बुधबार २०:३२

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले परेवाभिरकाे बाटाे मुख्यमन्त्रीले टारेर नटर्ने बताउनुभएकाे छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने परेवाभीरमा सरकारले नबनाउने अभिव्यक्ति अाएपछि पत्रमार सम्मेलन गर्दै बानियाले पणरदेश सरकारले नबनाएपनि अाफुले व्यक्तिगत लगानीमा भएपनि सडक बनाएरै देखाउने दावि गरेका छन् ।

आज नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले अाफु निर्वाचित भएकाे क्षेत्रकाे जनताको जीवनस्तर उकास्नका लागि भएपनि परेवाभिरबाट सडक बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै भने- “अब म राक्सिराङका जनतालाई गाजाकाे भरिया भएकै कारण जेलमा बस्नुपर्ने वाधयताबाट बाहिर निकाल्छु । ”

गाँजा खेतिलाई सकेसम्म वैधानिक बनाउन अाफुपनि सांसद विराेध खतिवडाकाे पक्षमा रहेकाे वताउदै बानियाले गाजा खेतिकाे बैकल्पिक उपाय समेल कृषि, सहकारी मार्फत लैजानेछाैँ ।

परेवाभरिकाे बाटाे अहिले बनाउन प्रदेश र संघीय सरकारले चासाे नदेखाएकाे भन्दै बानियाँले त्याे बाटाेकाे विकल्प हुँदै नहुने बताए ।

नेता बानियाँले राक्सिराङका जनताको माग अनुसार नै परेवाभिर आफ्नो ‘अर्जुन दृष्टि’ बनेकोले संघीय र प्रदेश सरकारबाट सडक नबने व्यक्तिगत खर्चमा आफुले बनाउने प्रतिवद्धता जनाएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*