मास्क नलगाई हिडेनेहरूलाई १०० रुपैँया जरिवाना
मकवानपुर प्रहरीले हेटौंडामा मास्क नलगाई हिडेनेहरूलाई १०० रुपैँया जरिवाना गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौंडा-५ क्याम्पाडाँडामा जाँच गरि मास्क नलगाउनेहरूलाई जरिवाना लिन सुरू गरेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
गृह मन्त्रालयको परिपत्र अनुसार प्रहरीले संक्रामक रोग ऐन अन्तरगत नगद १०० रुपैयाँ जरिवाना गर्न शुरू गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यलय मकवानपुरले सोमबार सर्बसाधरणलाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको थियाे ।
वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ईश्वरी प्रसाद भण्डारी सहितको टोलिले हेटौडा उपमहानरपालिका वडा नम्बर ४ हुपा्रचौर नजिक चोकमा चेकजाँच गर्दे मानिसहरुलाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो ।
निरिक्षक भण्डारीले मास्क नलगाउने मानिसलाई मास्क लगाएर मात्र जान दिएका थिए ।उहाँले यस विषम परिस्थितिमा नागरीक स्वंयम् सचेत भई स्वास्थ सुरक्षा अपनाउनुपर्ने बताउनुभयो ।
मानिसहरुलाई प्रहरीका लागी नभई आफ्नै लागी मास्क लगाउन निरिक्षक भण्डारीले अनुरोध गर्नुभयो ।गृह मन्त्रालयले मस्क नलगाउनेलाई कार्वाही गर्न निर्देशन दिएपछि मकवानपुरमा समेत कडाई गर्न थालिएको छ ।







