बागमती प्रदेश सरकारद्वारा एकैपटक ३२ वटा पुलको उद्घाटन
बागमती प्रदेश सरकारले अाज एकैपटक ३२ वटा पुलको उद्घाटन गरेको छ ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा भएको एक कार्यक्रमबिच मुख्यमन्त्री डाेरमणि पौडेलले पुलको सामुहिक उद्घाटन गर्नुभएकाे हाे।
पुल उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको र अहिले नतिजाउन्मुख काम भएकाे बताउनुभयाे ।
उहाँले हामी प्रदेशको धेरै विकास निर्माणको काममा लागेका छौ भन्दै मिडियाहरुले प्रदेश सरकारकाे कामलाई स्वस्थ ढंगले प्रसारण गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा बाेल्नुहुँदै मुख्यमन्त्री पाैडेलले परेवाभिरबाट बाटो नबन्ने समेत बताउनुभएकाे छ ।
त्यस्तै कार्यक्रममा बोल्दै भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले चालु आर्थिक बर्ष भित्र १०० वटा पुल निर्माण सम्पन्न गरिसक्ने दाबी समेत गर्भएकाे छ ।
उहाँले प्रदेश सरकारले विगत दुईवटा आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीनसय किलोमिटर सडक निर्माण सम्पन्न गरेको जानकारी दिदैँ भन्नुभयाे
प्रदेश सरकारले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएकाे छ ।
आगामी एक महिनाभित्र अरु डेढदर्जजन पुल तयार हुने समेत जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दाेलखा र सिन्धुपाल्चोकमा गरी सबैभन्दा धेरै ९ वटा पुल निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै पूर्वाधार विकास कार्यालय मार्फत ललितपुर र काभ्रेमा ६/६ वटा, चितवनमा ५ वटा, नुवाकोटमा ४ वटा र रामेछापमा २ वटा पुल निर्माण सम्पन्न गरेकाछन् ।
मन्त्री फुयालले प्रचुर सम्भावनाले घेरिएर रहेको तर सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको विभिन्न क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारका अन्य मन्त्रालय तथा मुख्यमन्त्री डोरमणि पौडेल एवं संघीय सरकारसंग समेत छलफल गरेर अगाडि बढ्ने बताउनुभयाे ।







