वागमति प्रदेशबाट वातावरण संरक्षण सम्बन्धि विधेयक पारित
सांसदहरुकाे असन्तुष्टिकाे वावजुद पनि वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक वागमति प्रदेशसभाले पारित भएकाे छ ।
बागमती प्रदेशको अाज बसेकाे प्रदेशसभाले नियम निलम्बन गरी वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हाे ।
२४ घण्टाको अवधीको नियम बहुमतले निलम्बन गरी विधेयक पारित गरिएको हो । विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रममा विधेयकमा त्रुटी रहेको र नियम नै निलम्बन गरेर ल्याएकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।
असन्तुष्टि व्यक्त गरेतापनि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले संसदमा पेश गर्नुभएकाे विधेयक बहुमतले पारित भएको छ ।
मंगलबार नै बसेको अघिल्लो बैठकमा उद्योग, पर्यटन तता वातावरण समितिकी सभापति रमा आले मगरले समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गर्नुभएकाे थियाे ।







