हेटाैंडाका दुई महिलामा काेराेना संक्रमण
हेटौँडा उपमहानगरपालिकाका आज दुईजना महिलालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोला चौलागाईले दिनुभएकाे जानकारी अनुसार
हेटौंडा स्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
हाल कोरोना आइसोलेसन वार्डमा रहेका दुबै महिलाहरु मध्ये हेटौँडा १४ कि महिलालाई केही दिन अघि संक्रमित रहेका श्रिमानकाे कारण सरेकाे हुनसक्ने र हेटौँडा ५ कि महिला भने विदेशबाट आएकी थिईन ।







