तीन वर्षमा पारित भयाे प्रदेश प्रहरी सेवा विधयेक
प्रदेश सरकार गठन भएको तीन वर्षपछि प्रदेश प्रहरी सेवा सम्बन्धि ब्यवस्था गर्न बनेको बिद्येयक सर्वसम्मतीले पारित भएको छ ।
आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले पेश गर्नुभएकाे प्रस्ताब अाज बागमती प्रदेश सभाले सर्वसहमतिमा पारित भएकाे छ ।
मन्त्री जम्मकट्टेलले राखेको यो प्रस्ताबको विपक्षमा मत नपरेपछि सर्वसम्मतीले बिद्येयक पास भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभएकाे थियाे ।
यस्तै प्रदेश मामीला समितीका सभापति माधब प्रसाद पौडेलले प्रदेश भित्र शुसाशनको प्रत्याभुती गर्न बनेको बिद्येयकको सम्बन्धमा प्रदेश मामीला समितीले गरेको निर्णयको प्रतिबेदन प्रदेश सभामा पेश गर्नुभएको थियो ।
प्रदेश सभाको अर्को बैठक सोमबार २ बजे बस्ने भएको छ ।







