मकवानपुरमा २ सय विपन्न परिवारका जस्तापाता सहितकाे घर बनाईने

छहारी संवाददाता
साउन ४, २०७७

नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लामा चारवटा गाउपालिकाका विपन्न तथा गरिब परिवारका दुई सय घरको छाना जस्तापाताबाट बनाइने भएको छ ।

अाज जिल्ला समन्वय समिति मकवानपुरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले हेटौँडा उपमहानगरपालिका तथा मनहरि, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५० का दरले खरको छानोका स्थानमा जस्तापाताका घर बनाउने निर्णय गरेकाे हाे ।

संघीय सरकारको सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत मकवानपुरमा निर्वाचन क्षेत्र नं २ मा खरले छाएको घरलाई पक्की जस्ताको घर बनाइने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभयाे ।

नागरिक सुरक्षित आवास कार्यकमअन्तर्गत आव २०७५/७६ को स्वीकृत कार्यक्रमानुसार हेटौँडा–१९ मा ४० घरको छानो फेरिएको छ । बाँकी १० घरका छानो तथा अन्य गाउँपालिकाको छनोट गरी बैठकबाट अनुमोदनसमेत भएको छ । बैठकबाट अनुमोदन भएका लाभग्राहीलाई सम्बन्धित पालिकासँग सम्झौता गरी निर्माण अगाडि बढाइने निर्णय भएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयाे ।

बैठकमा खुलालले गरीबी निवारणका लागि सुरक्षित आवास आवश्यक रहेको बताउँदै यस कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*