लकडाउनमा सामाजिक कार्यमा लियो तथा लायन्स क्लबहरु सक्रिय

मकवानपुरका लियो तथा लायन्स क्लबहरु लकडाउनको अवधिमा सामाजिक कार्यमा सकृिय देखिएका छन् ।
लकडाउनका कारण समस्यामा परेका श्रमजिवि मजदुर ,असहय तथा विपन्न वर्गहरुलाई क्लबले घरघरमै पुगी राहत वितरण गरेको लियो जिल्ला परिषद् ३ सय २५ बि नेपालको एरिया चिफ सुसान्त खतिवडाले बताउनुभयो ।
उहाँले कोरोना सम्बन्धी जनचेतनामुलक सन्देश दिने ,मस्क ,सेनिटाईजर वितरण गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
सरकारी कार्यालय, प्रहरी चौकी र हेटौडाको चोक चोकमा हात धुने पानिको ब्यबस्थनपनमा सहयोग गरेको एरिया चिफ खतिवडाले बताउनुभयो ।
पछिल्लो समयमा सामाजिक कार्यमा मकवनपुरका लियो तथा लायन्स क्लबहरुले समन्वय गर्दे आएका छन् ।







