प्रदेश सरकारकाे निर्णय: सिन्धुपाल्चाेकमा बाढि पहिराेले पुर्णक्षति भएककाे घर बनाईदिने
वागमति प्रदेश सरकारले सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु निर्माण गरिदिने निर्णय गरेकाे छ ।
अाज बसेकाे वागमति विपद व्यवस्थापन निर्देशक समितिकाे बैठकले सिन्धुपाल्चाेकमा बाढि परिहाेका कारण क्षति पुगेका पिडितहरुकाे लागि घर बनाईदिने निर्णय गरेकाे हाे । उक्त घर वनाउनका लागि भने स्थानीय तहले उपलब्ध गराउनुपर्ने समेत निर्णय गरेकाे छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ ।
समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री पौडेलले बताउनुभयाेु । सो रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुर्नस्थापनालगायतका काम गर्न सक्नेछ ।
मृतक परिवारका राहत स्वरुप १ लाख रुपैया अाईतवार पठाउने:अान्तरिक मामिला तथा कानुन मन्त्रालय
केही दिन अघि प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेको रकम पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेश सभा सदस्यलाई मनोनित गरेको छ। समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिनुभयाे ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँलगायत मन्त्रालयका सचिवहरुको पनि सहभागिता रहेको थियो ।








