अभिनेता राजेश हमालकाे भिडियाे सन्देश: दिपाश्रि लाई माफ गर्न अनुराेध

छहारी संवाददाता
३१ असार २०७७, बुधबार ०८:२६

अभिनेता राजेश हमालले सामाजिक संजाल फेसवुकमा भिडियाे सन्देश मार्फत निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गर्नुभएकाे छ ।

केहि दिन अघि दिपाश्रि निराैलाले एक कार्यक्रममा राजेश हमाल महानायक हुन भने सक्रिय किन रहेनन् भन्दै प्रतिक्रिया दिनसभएकाे थियाे, साेहि कुरालाई मध्यनजर गर्दै हमालले भिडियाे सन्देश सार्वजनिक गरेका हुन् ।

उहाँले सम्पर्ण दर्शकहरुलाई कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन अपील गरेका छन् ।

दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तथानाम गालीगलौज आएको थियो। यो सबै नियालीरहेका हमालले शुभेच्छुकहरूलाई संयमित हुन र सकारात्मक हुन अनुरोध गरेका छन्।

‘राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’, हमालले निरौलाको नाम नलिइकन भनेका छन्, ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’ सानाे साेच हैन फराकिलाे मन बनाउन दर्शकहरुलाई हमालले अनुराेध गर्नुभएकाे छ ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*