काेराेना कहरमा ईङ्ल्याण्ड विरुद्व वेष्ट ईन्डिजकाे जित

छहारी संवाददाता
२८ असार २०७७, आईतवार २३:०९

 

काेराेनाकाे महामारी फैलिरहेकाे अवस्थामा इंग्ल्यान्डलाई पछि पार्दै वेस्ट इन्डिजले तीन टेस्टको श्रृंखला अन्तर्गतको पहिलो टेस्टमा जीत हासिल गरेको छ ।

आज आइतबार अन्तिम दिनको खेलमा २०० रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २३.४ ओभर बाँकी रहँदै ४ विकेटको जीत हात पारेकाे हाे ।

वर्षा र खराब प्रकाशका कारण पहिलो र दोस्रो दिनको खेल केही प्रभावित भएको थियो । पहिलो ईनिङमा इंग्ल्यान्डलाई २०४ रनमा अलआउट गरेपछि ब्याटिङमा आएको वेस्टइन्डिजले आफ्नो पहिलो ईनिङमा अलआउट हुनुपूर्व ३१८ रन बनाएर ११४ रनको अग्रता कायम गरेको थियो ।

त्यसपछि पुनः दोस्रो इनिङ थालेको इंग्ल्यान्डले ३१३ रन बनाएर अलआउट हुँदै वेस्ट इन्डिजसामू २०० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा वेस्ट इन्डिजले पाँचौ दिनको अन्तिम सत्रसम्ममा ६४.२ ओभर खेल्दै  ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । उसका लागि जर्मेन ब्ल्याकवूडले ९५  रन र राेस्टन चेजले ३७ रनको योगदान दिए ।

पहिलो ईनिङमा वेस्ट इन्डिजका कप्तान जेसल होल्डरले ६ तथा शेनन ग्याब्रियलले ४ विकेट लिएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । ग्याब्रियलले दोस्रो ईनिङमा पनि ५ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*