बिश्व सुन्दरी टोनीद्धारा कैलाशमा निर्मित ङिको स्वास्थ्य चौकीको अवलोकन

मिस वल्र्ड २०१९ टोनी एन सिंहले आज मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिका–७ ताम्लाङमा निर्मित ङिको स्वास्थ्य चौकीको अवलोकन गर्नु भएको छ ।
मिस नेपाल २०१८ कि विजेता श्रृंखला खतिवडाको पहलमा निर्मित स्वास्थ्य चौकीको अनुगमनका लागि बिश्व सुन्दरी टोनीसँगै मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु ताम्लाङ पुगेका थिए ।
मिस वल्ड प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएकी खतिवडाले उक्त स्वास्थ्य चौकी निर्माणको भिडियो डकुमेन्ट्रीबाट व्युटी पर्पज बिधा जित्न सफल हुनु भएको थियो । स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वल्र्ड अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले २०१८ को मिस वल्र्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरुको सहभागिता थियो । तुखबरको सहयोगमा







