व्यवसायीक हुन महिलाहरुलाई हेटौडा उपमहानगरपालिकाका मेयर महतको आग्रह

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाहरुलाई व्यवसायीक हुन आग्रह गर्नु भएको छ । ३ महिने एड्भान्स सिलाई प्रशिक्षण समापन कार्यक्रममा उहाले तालिम लिने तर व्यवहारमा नउतार्ने परिपाटी रहेको भन्दै व्यवसायीक हुन आग्रह गर्नु भएको हो ।
उहाँले भन्नुभयो– 'तालिम धेरै दिईयो तर प्रयोग गरेको देखिदैन, व्यवसायिक रुपमा लाग्नु परो, महिलाहरुको दक्षता वृद्दिका लागि उपमहानगर जे गर्न पनि तत्पर छ ।'
बिन्दाबासिनी टोल विकास संस्थाको आयोजना तथा हेटौडा उपमहानगरपालिकको सहयोगमा मंसिर १० गतेदेखि सुरु भएको तालिम आज समापन भएको हो । प्रशिक्षक शान्तिमाया राईले दिनुभएको सिलाई प्रशिक्षणमा १८ जनाले सिलाई सिकेका थिए ।
टोलविकास संस्थाकी अध्यक्ष वेगम वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सविन न्यौपाने, वडा सदस्य लगायतकाको आतिथ्यता रहेको रहेको थियो ।







