सिद्धस्थली सामुदायीक अस्पतालको शिलान्यास

छहारी संवाददाता
फाल्गुन २४, २०७६

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज सिद्धस्थली सामुदायीक अस्पतालको शिलान्यास गर्नुभएको छ ।

हिमाल मुटु नेपालले गौतम समाजको समन्वयमा करिब ३ करोड लागतमा सामुदायीक अस्पताल निर्माण गर्न लागेको हो । हेटौंडा ६ मा निर्माण हुने सामुदायीक अस्पताल आगामी वर्षभित्रै सञ्चालनमा ल्याईने गरि तीब्र तयारी गरिएको केन्द्रिय सचिव गोमा गौतमले बताउनुभयो ।

अस्पताल हाल १८ शैयाको हुने गौतम समाजका केन्द्रीय सदस्य अभिमन्यू गौतमले जानकारी दिनुभयो । सिद्धस्थली सामुदायीक अस्पतालका डाक्टर अवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईको विशेष आतिथ्यता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*