दोष सृष्टिमा छैन दृष्टिमा छः सांसद जुनेली श्रेष्ठ 

छहारी संवाददाता
फाल्गुन २४, २०७६

बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले नेपाली समाजमा महिलाको विषयमा दोष सृष्टिमा नभई दृष्टिमा रहेको बताउनु भएको छ । महिला सृष्टिको सुन्दर उपहार रहेको भन्दै उहाँले तर महिला असधकारको कुरामा महिलालाई हेरिने दृष्टिमै दोष रहेको बताउनुभयो ।

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हेटौडामा आयोजित अन्तक्रियामा उहाँले महिला पुरुष भनेर लैङ्गिक दृष्टिकोणले हेर्नुभन्दा पनि समान आकांक्षा र सकारात्मक तवरले अघि वढ्नुपर्ने धारणा व्यक्त गर्दगर्नुभयो ।

उहाँले नेपाली ईतिहासमा २०३७ सालदेखि मकवानपुरबाट श्रमिक महिलाहरुले श्रमिक दिवस मनाउन सुरु गरेको स्मरण गर्दै भन्नुभयो– 'अवको समाज परिवर्तित अवस्थामा छ, हामिले व्यवस्था मात्र परिवर्तन गरेर हुन्न अब आफ्नो हिजोको जिवनशैलि समेत परिवर्तन गर्न जरुरी छ ।'

अहिले महिलामाथि मात्र नभई पुरुष, जेष्ठ नागरिक पाि हिंसामा पर्न गरेको उहाँको भनाई छ । उहाँले हरेक कुरालाई विभेदसंग दाजेर हेर्नुभन्दा सकारात्मक ढंगले आफुमा पनि परिवर्तन ल्याउनु पर्ने बताउनुभयो ।

न्याय र समानताको लडाई लड्दै हाल आफु राज्यको नितिगत व्यवस्थासम्म पुगिसकेको भन्दै उहाँले समाजमा अरुलाई औंला ठड्याउने मात्र काम नगरि आफुले आफैलाइ पनि परिवर्तन गर्नुपर्नेमाजोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विश्वको जल्दोबल्दो समस्याका रुपमा रहेको नोवेल कोरोना भाईरस प्रति सचेत हुँदै उक्त भाईरसको सामना गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो– 'नआतिनुस्, कोराना नेपालमा आउने सम्भावना छ तर आफ्नो आत्मबलले त्यसलाई परास्त गर्नु पर्छ ।'

सृजनशिल नेपाल र नारी सिप सिर्जना केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिसस उप प्रमखु भगवती पुडासैनी, नारी सिप सिर्जना केन्द्रकी अध्यक्ष सरस्वती बर्तोला, सिर्जनशिल नेपालकी सचिव रिता ढुंगेल लगायत विभिन्न संस्थामा आबद्ध महिलाहरुको उपस्थिती रहेको थियो । सिर्जनशिल नेपालकी अध्यक्ष शान्ता बरालका अध्यक्षता कार्यक्रमम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*