सरकारी कार्यालयका सहयोगहरुलाई तालिम

सरकारी कार्यालयमा आउने अतिथिहरुलाई स्वागत तथा आतिथ्यता प्रदान गरिने सम्बन्धि प्रदेशका मन्त्रालय तथा सरकारी कार्यालयका कार्यालय सहयोगीहरुलाई दुई दिने तालिम हेटौंडामा सुरु भएको छ ।
बागमती प्रदेश प्रमुख कार्यालयको आयोजनामा भएको कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका सहजकर्ता सूर्य किरण श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यालयमा आउने अतिथी तथा सेवाग्राहीहरुलाई स्वागत, शिष्ट व्यवहार तथा सरसफाई सम्बन्धि तालिम प्रदान गरिएको हो । कार्यक्रम आज बिहिबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम भोलीसम्म चल्नेछ ।
प्रशिक्षण कार्यक्रममा केन्द्रिय मातहतका कार्यालय, प्रदेश स्तरका मन्त्रालय तथा कार्यालय र मकवानपुर जिल्लाका सरकारी कार्यालयका कार्यालय सहयोगीहरुको सहभागीता रहेको छ । बागमती प्रदेश प्रमुख कार्यालयका प्रमुख सचिव दुर्गादत्त ढकालको सअध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका नायब सुब्बा अनन्त नेपाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायत उपस्थिती थियो ।







