मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अरु जिल्ला जस्तै आजबाट हेटौंडा अस्पतालमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । आज हेटौंडा अस्पतालमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले कार्यक्रमको उद्घाटन् गर्नुभयो ।
बितेको आर्थिक वर्षमा परिक्षणको रुपमा प्रदेशका पाँच जिल्लाका पाँच वटा अस्पतालबाट सुरु गरिएको कार्यक्रम अहिले भने प्रदेशका १३ जिल्लाका १५ वटा अस्पतालबाट एकैसाथ सुरु गर्न लागिएको हो । केही जिल्लामा सुरुवात भएको र केही जिल्लामा यो कार्यक्रम सुरु हुन बाँकी रहेको छ ।
बिगतमा केही सिमित व्यक्तिले मात्र यसको सेवा लिने गरेको भएपनि अहिले भने यसको दायरा फराकिलो वनाएर कार्यक्रम सुरु गर्न लागिएको मन्त्री दुलालले वताउनुभयो । बिशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सजिलै परिक्षण गर्न र समयमानै उपचार गर्नका लागि सहज होस भन्ने उदेश्यले यो कार्यक्रम सुरु गर्न लागिएको मन्त्री दुलालले बताउनुभयो ।
प्रदेशका कुनैपनि व्यक्तिलाई नसर्ने रोगका बारेमा होलवढी चेकअप गरेर समयमानै जानकारी होस भन्ने उदेस्यले कार्यक्रम ल्याइएको हो । प्रदेशको हेटौंडा अस्पताल सहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निशुल्क रुपमा परिक्षण गर्ने र अरुलाई होलवढी चेकअप गर्नका लागि १६ सय रुपैयाँमा चेकअप गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले बताउनुभयो ।
मन्त्री दुलालले परिक्षण कार्यक्रमबाट नयाँ विरामीहरुको पहिचान भई समयमै उपचारका लागि सहजता हुने विश्वास गर्नुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेण्डेन्ट डा प्रविण श्रेष्ठ लगायतको यो कार्यक्रम प्भावकारी वनाउने बताउनुभयो ।
स्वास्थ्य परिक्षण कार्यक्रममा पुराना विरामीहरुको परिक्षण भन्दा पनि नयाँ बिरामीको रोगको परिक्षण गर्ने जनाईएको छ । स्वास्थ्य परीक्षण कार्यक्रम बिहिबार आज बाट शुरु भई २०७७ असार २० गतेसम्म संचालन हुने जनाईएको छ । यसका लागि शनिबार बाहेक प्रत्येक दिन विहान ८ बजेदेखि ९ बजेसम्म नाम दर्ता गर्न सकिने जनाईएको छ ।







