कोरोनाबाट बच्न हात नमिलाउने बाग्मती प्रदेशको निर्णय

छहारी संवाददाता
फाल्गुन २२, २०७६

बागमती प्रदेशले कोरोनाभाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

बिश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोनाभाईरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।

नेपालीको परम्परा देखि चलिआएको चलन एबम् हात मिलाउनाले अहिलेको अवस्थामा कोरोनाको बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’को निति अवलम्बन गर्न जनसमुदायमा आग्रह गरेको छ ।

बिहिबार नै बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एबम् मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यबाद ज्ञापन गरेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*