दुर्घटना अपडेटः जन्ती बस दुर्घटनामा मृत्यु हुनेको सनाखत, ४९ जना घाइते

छहारी संवाददाता
फाल्गुन २२, २०७६

मकवानपुरको गढी गाउपालिका वडा नम्बर २ शिखरकटेरी नजिकै आज भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने २ जनाको सनाखत भएको छ ।

अर्का एक जना मृतकको भने परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका ७ बस्ने अन्दाजी ४५ वर्षका सोम बहादुर रुम्बा र सोही स्थानका सोम बहादुर मोक्तान रहेका छन् ।

मकवानपुरगढीबाट चौघडा आउँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो भने ४९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका २४ वर्षका सुरज लोलाई थप उपचारको लागि भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ । अर्का ११ वर्षका सन्तबहादुर लो र ४७ वर्षका बुद्धि बहादुर घलानको हेटौडाको चुरेहिल अस्पतालमा र अन्य घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको बुझिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*