मकवानपुरका अग्रज पास्टरहरुलाई सम्मान

नगर पास्टर एशोसियशन हेटौँडाले अग्रज पास्टरहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मकवानपुर जिल्ला इसाई समुदायको लागि पहिलेदेखि नै योगदान पुर्याउदै आउनुभएका ६ जना अग्रज पास्टरहरुलाई दोसल्ला ओडार सम्मान गरेको हो ।
सम्मान पत्र सहित सम्माति हुनेमा रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, रेभरेन्ट पास्टर फुर बहादुर तितुङ्ग, रेभरेन्ट पास्टर सोनाम सिंह दोङ्ग, रेभरेन्ट पास्टर बाल कृष्ण राई, रेभरेन्ट भविकन प्रजा र रेभरेन्ट विष्णुराम प्रजा हुन् ।
सम्मानित हुने अग्रज पास्टरहरुलाई कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय ख्रिष्ट्रियन महासंघका अध्यक्ष सिपि गहतराजले दोसल्ला ओडार सम्मान गर्नु भएको हो ।
त्यस्तै नेपालमा मण्डली विस्तारको अभियभानमा मिडिया तथा पत्रकारिताको माध्यमबाट ईसाईजगतको आवजलाई बाहिर ल्याउन सहियोग पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबर डटकमका संचालक रुपक कालिराजलाई समेत कदरपत्रबाट सम्मान गरेको थियो ।
प्रमुख अथिति गहतराजले संसारका सबै मानिसहरु भन्दा उत्तम काम प्रभुको काम गर्ने पास्टरहरुले गरेको भन्दै मकवानपुर जिल्लाका सबै पास्टरहरुलाई प्रेरणा दिनुभएको थियो । उहाँले नेपाली क्रिश्चियन समुदायका विषयमा बोल्दा सरकारले हेपाह प्रबृत्ति दोहो¥याएको भन्दै सबै धार्मिक समुदायलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरेका गर्नु भएको छ ।
राष्ट्रको लागि घुडाँ टेकेर प्रार्थाना गर्ने इसाईहरुलाई सरकारले समेत सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । नेपालको इसाई समुदायमा विभिन्न झुट्टा मुद्धाहरु लगाउने गरेको भन्दै यस्ता गलत प्रविधि अन्त्य गर्न आग्रह गर्नु भयो । खिष्ट्रमस र इस्टर पर्वको समेत विदा कटौति गरेको भन्दै इसाईहरुले लोकतन्त्रको अनुभव गर्न समेत नपाएको बताउनु भयो ।
यस तर्फ सरकार उदासिन भएको भन्दै संचारकर्मीहरुले न्यायको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नु भयो । क्रिश्चियनहरुका कारण मुलुकमा कुनै बेफाइदा नपुगेको प्रति गम्भिर भएर सोच्न र सोही अनुसार व्यवहार गर्न राज्यलाई ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष पास्टर रुपेश राईले, मकवानपुर जिल्ला इसाई समुदाय देशकै नमुना इसाईं सुमुदाय बनाउनलाई हरतवरले लागि पर्ने बताउनुभएको छ ।
इसाई समुदायलाई प्रेरणा दिदैँ आजको कार्यक्रमका प्रमुख बक्ता पास्टर कुमार अब्राहामले इसाईहरुमा क्षमा दिनु आजको आवश्यक रहेको बताउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, राष्ट्रिय ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष रेभरेन्ट पास्टर मोम लामा, रेभरेन्ट पास्टर रामकृष्ण पन्त, रेभरेन्ट पास्टर दिशान डिसि, रेभरेन्ट पास्टर क्रिषिराम आर्चाय लगायतले मन्तव्य राख्नु भएको थियो ।
पास्टर निलकेतु लामाले शुरुको प्रार्थानाबाट शुरु भएको उक्त कार्यक्रमको संचालन मंगल देवलाले गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका अग्रज पास्टर,अगुवा,विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी लगायतको उपस्थित रहेको थियो







