धर्म निरपेक्षता संविधानमा मात्रै सिमितः राष्ट्रिय ख्रिष्ट्रियन महासंघका अध्यक्ष गहतराज 

छहारी संवाददाता
फाल्गुन २२, २०७६

राष्ट्रिय ख्रिष्ट्रियन महासंघका अध्यक्ष सिपि गहतराजले धर्म निरपेक्षता संविधानमा मात्रै सिमित भएको बताउनु भएको छ ।

नगर पास्टर एशोसियशन हेटौँडाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गहतराजले  क्रिश्चियन धर्मावलम्बिहरुलाई अझ पनि सम्मान पूर्वक समाजमा बाँच्न पाउने अवस्था नरहेको भन्दै उहाँले इसाईहरुले लोकतन्त्रको अनुभव गर्न नपाएको गुनासो गर्नुभयो ।

क्रिश्चियनहरुलाई स्वतन्त्र गुठीको निर्माण गर्न दिनु पर्ने भन्दै उहाँले क्रिश्चियनहरुका कारण मुलुकमा कुनै बेफाइदा नपुगेको प्रति गम्भिर भएर सोच्न र सोही अनुसार व्यवहार गर्न राज्यलाई ध्यानाकर्षण गराउनु भयो ।

ख्रिष्टमस र इस्टर पर्वको समेत विदा कटौति गरेको भन्दै क्रिस्मस विदा सम्बन्धमा राज्यले ध्यान नदिएको देख्दा नेपाली इसाई समुदाय स्तब्ध भएको बताउनु भयो । यस तर्फ सरकार उदासिन भएको भन्दै संचारकर्मीहरुले न्यायको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नु भयो ।

सबै धर्म र धर्मावलम्बीहरूलाई समान व्यवहार र हक प्रदान गर्ने दायित्व राज्यले गर्नुपर्दछ भन्ने यो लोकतान्त्रिक व्यवस्थाका मूल्य मान्यताभित्र पर्ने कुराहरू भएता पनि राज्यले इसाईहरुलाई विवेद गरेको समेत बताउनु भयो ।

उहाँले नेपाली क्रिश्चियन समुदायका विषयमा बोल्दा सरकारले हेपाह प्रबृत्ति दोहो¥याएको भन्दै सबै धार्मिक समुदायलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गर्नु भएको छ ।

संसारका सबै मानिसहरु भन्दा उत्तम काम प्रभुको काम गर्ने इसाई धर्मगुरुहरुले गरेको भन्दै मकवानपुर जिल्लाका सबै पास्टरहरुलाई प्रेरणा समेत दिन भयो । राष्ट्रको लागि घुडाँ टेकेर प्रार्थाना गर्ने इसाईहरुलाई सरकारले समेत सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*