मकवानपुरका तीन संचारकर्मी सम्मानित

छहारी संवाददाता
फाल्गुन २२, २०७६

मकवानपुरका विभिन्न संस्थामा आवद्ध तीन जना संचारकर्मी आज सम्मानित भएका छन् ।  

मकवानपुरे समाज काठमाडौँ तथा रोज बहिनी संस्थाले आयोजना गरेको सेनेटेरी प्याड तथा भेन्डिङ मेशिन वितरण कार्यक्रममा मकवानपुरका दुई जना महिला संचारकर्मी सम्मानित भएका हुन् । प्रेस संगठन मकवानपुरका कार्यसमिती सदस्य तथा रेडियो मकवानपुरमा कार्यरत पत्रकार सम्झना रिजाल र संगठनकी अर्की सदस्य तथा रेडियो थाहासंचारकी समाचार वाचिका दुदुमाया सिन्तानलाई रोज बहिनी अग्रज नारी रत्न सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल १३ जना महिलाहरुलाई सम्मान गरीएको थियो ।

यस्तै नगर पाष्टर एशोसियसनले नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबर डटकममा कार्यरत रुपक कालिराजलाई अग्रज पास्टर सम्मान प्रदान गरेको हो ।

आज हेटौडामा आयाजित कार्यक्रममा नगर पास्टर एशोसियशन हेटौँडाले उहाँलाई सम्मान गरेको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*