२०७७ कोे पहिलो महिना भित्रै भिमफेदी–काठमाडौँ सुरुङमार्गको टेन्डर आह्वान गरीसक्नेः रामेश्वर फुँयाल
बागमती प्रदेशका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रामेश्वर फुँयालले आउदो २०७७ कोे पहिलो महिना भित्र भिमफेदी–काठमाडौँ सुरुङमार्गको टेन्डर आह्वान गरीसक्ने दाबी गर्नुभएको छ ।
आज हेटौँडामा मकवानपुरे समाज काठमाडौँ तथा रोज बहिनीले आयोजना गरेको सेनेटेरी प्याड तथा भेन्डिङ मेशिन वितरण कार्यक्रममा मन्त्री फुँयालले भिमफेदी–काठमाडौँ सुरुङमार्गको परिकल्पना साकार बनाउन प्रदेश सरकार दृढ रहेको बताउनुभयो ।
उहाँले हेटौंडा काठमाडौँ आवत जावत गर्ने छोटो दुरीको रुपमा रहेको फाखेल सडकको स्तरोन्नती गरी दुई घन्टामै काठमाडौ पुग्न सक्ने बनाउने बताउनुभयो ।
कार्यक्रममा रोज बहिनी संस्थाले मकवानपुर जिल्लाका २० वटा सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड सहित भेन्डिङ मेसिन वितरण गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल १३ जना महिलाहरुलाई सम्मान गरीएको थियो ।
मकवानपुरे समाजका अध्यक्ष अरुण कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका निर्वतमान अध्यक्ष बद्री प्रसाद चौलागाँई, टिमी टेलिभिजनका उपाध्यक्ष अशोक डङगोल, मकवानपुरे समाजका सल्लाहकार श्याम पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।







