सहकारी लेखा तथा सुपरिवेक्षण कार्यशाला गोष्ठी स्थगित

छहारी संवाददाता
फाल्गुन २२, २०७६

जिल्ला बचत तथा ऋण सहकारी संस्था मकवानपुरको आयोजनामा फागुन २४ र २५ गते हुने भनिएको सहकारी लेखा तथा सुपरिवेक्षण कार्यशाला गोष्ठी २०७६ आगामी सुचना नभएसम्मका लागी स्थगित गरीएको छ ।

विश्व स्वास्थ संगठनले नेपाल पनि कोरोना भाईरसको उच्च जोखिम रहेको घोषण गरेपछी सरकारले विभिन्न कार्यक्रमहरु तथा भिडभाड ,जमघट नगर्न आग्रह गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दे जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले अर्को सुचना जारी नभए सम्मका लागी सहकारी लेखा तथा सुपरिवेक्षण कार्यशाला गोष्ठी २०७६ स्थगित गरीएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरले हाल कुनै पनि कार्यक्रम नगर्न पत्राचार गरेको जिल्ला संहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला संहकारी संघकी उपाध्यक्ष मिना चौरेल , जिल्ला बचत संघका सचिव विरेन्द« प्रसाद ढुङगाना लगाएत संञ्चारकर्मीहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*