हेटौडामा रहेको नबिल बैंकमा एक हजारको नक्कली नोट फेला

छहारी संवाददाता
फाल्गुन २१, २०७६

बागमती प्रदेशको राजधानी हेटौडामा रहेको नबिल बैंकमा एक हजारको नक्कली नोट फेला परेको छ । आज हेटौडाका जनार्दन नेपालले बैंकमा जम्मा गर्न ल्याएको ९ लाख रुपैयाँ मध्यै एक हजारको एउटा नोट नक्कली फेला परेको हो ।

हेटौडा ३ बसामाडीका नेपालले राष्ट्रिय सहकारी बैंकबाट निकालेको रकम नविल बैंकमा जम्मा गर्दा एउटा हजारको नोट नक्कली फेला परेपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । नेपालले दिव्यतारा बहुउदेश्यीय सहकारी संस्थामा केहि दिन अघि ऋण माग गरेका थिए ।

सहकारीले ऋणको स्वीकृति जनाउदै राष्ट्रिय सहकारी बैंकबाट रकम निश्कासन गर्न नेपाललाई ९ लाखको चेक दिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*