महिला सशक्तिकरणद्धारा हेटौडा ३ र ११ का किसानलाई १६ सय केराको बिउ वितरण

छहारी संवाददाता
फाल्गुन २१, २०७६

महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपालले १६ सय केराको बिउ वितरण गरेको छ । आज हेटौडा उपमहानगरपालिका ३ बसामाडी र ११ नवालपुरका किसान समुखलाई केराको बिउ वितरण गरेको हो ।

हेटौडा ३ मा रहेको बसामाडाी सामुहिक उन्नतर केरा खेती समुह र ११ मा रहेको नमुना केरा खेती समुहलाई ८/८ सय बिउ र ५/५ बोरा युरिया र सयपी मल वितरण गरिएको समुह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिनुभयो । हेटौडा उपमहानगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा बिउ बिचरण गरिएको हो ।

वितरण कार्यक्रमा हेटौडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुली, हेटौडा उपमाहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम तिमल्सेना, कृषि विज्ञ भिम दाहाल, नमुना केरा खेती समुहका अध्यक्ष तारा कप्रोला र सचिव बिमला थापा लगायतको उपस्थिती रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*