हेटौडा उपमहानगरपालिकाको चालु वर्षको बजेट बृद्धि भई २ अर्व ८ करोड रुपैयाँ 

छहारी संवाददाता
फाल्गुन १४, २०७६

हेटौडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा केही बृद्धी भएको छ । उपमहानगरपालिकाको आज बसेको छैठौं नगरसभा बैठकमा यस्तो जानकारी दिइएको हो ।

चालु आर्थिक वर्षमा कुल एक अर्व ८१ करोड रुपैयाँ वजेट विनीयोजन गरिएकोमा बजेटमा बृद्धी भई २ अर्व ८ करोड रुपैयाँ पुगेको छ । यसमा बाह्य आमदानी र आन्तरिक श्रोतको आमदानीमा बृद्धी भएको हो । मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको बैठकमा उठेका सवै जिज्ञासाहरुको जवाफ मेयर महत स्यमले दिनुभएको थियो, जनपत्रले लेखेको छ ।

नगरसभाबाट मेयर महतले गरेका विभिन्न प्रस्तावहरु पनि स्वीकृत भएको छ । चालु आर्थिक बर्षको लागि साविक नगर सभाबाट पारित नीती तथा कार्यक्रम र संशोधित बजेटले नगरवासीका आवश्यकता परिपुर्ती भई जीवनस्तरमा गुणात्मक सुधार हुदै जाने वजेट वक्तब्य प्रस्तुत गर्दै उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।

नगरमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोगबाट नगरवासीको आर्थिक उन्नतीमा टेवा पुग्ने र बञ्चितिमा परेका वर्ग, क्षेत्र तथा समुदायहरुको विकासमा मुलप्रवाहीकरण भई समावेशिताको प्रबद्र्धन मार्फत् स्थानीय लोकतन्त्र सवलीकरण हुने उहाँले वताउनुभयो ।

पुर्वाधार क्षेत्र तर्फको बजेट
पुर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको कुल बजेट ७६ करोड २७ लाख ७ हजारको ५ सय ५८ वटा योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार बराबरको ३ सय २५ वटा योजना सम्झौता भइसकेको उहाँले वताउनुभयो ।

सम्झौता भएको योजना मध्ये सडक स्लाव ढलान तर्फ ६ किलोमिटर, विधालय पुर्वाधार तर्फ ३ वटा, खेल मैदान निर्माण तर्फ २ वटा, खानेपानी योजना तर्फ १ वटा, मन्दिर पुर्वाधार तर्फ १ वटा, पर्यटन पुर्वाधार तर्फ १ वटा, तटवन्धन तर्फ १ वटा र सुरक्षा पुर्वाधार ९सि।सि।क्यामेरा जडान० तर्फ १ वटा सझौता सम्पन्न भएको छ । यसबाट कूल ४ करोड २३ लाख ७९ हजार बराबरको जम्मा ७३ वटा योजना सम्पन्न भईसकेको छ ।

बागमती प्रदेशको राजधानी रहेको यस हेटौडा उपमहानगरपालिका क्षेत्र भित्र प्रदेशस्तरीय भौतिक पूर्वाधारहरु निर्माणको लागि मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट माग भई आए बमोजिम नगर क्षेत्रका २० स्थानका जग्गा क्षेत्र उपलव्ध गराउने निर्णय गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको उपमेयर लामाले वताउनुभयो ।

यसैगरी दाहसंस्कारलाई व्यवस्थित र वातावरणमैत्री बनाउन हेटौंडा १० स्थित राप्ती नदी किनारमा मेसीन जडान गर्ने कार्य चालु आ।व। को अन्त्य सम्ममा सम्पन्न गर्नेगरी खरीद प्रक्रिया सम्पन्न भएको छ । प्रस्तावित बाइपास सडकको रेखाङकनमा स्पष्टता भएपश्चात् जडान कार्य अघि बढाइने उहाँले वताउनुभयो ।

युवा तथा वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि उपमहानगरपालिकाले विभिन्न खेलकुद क्रियाकलाप संचालन गर्न हेटौडा ८ को चन्द्रोदय माविको चौरमा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण गर्न लागिएको प्याराफिट सहितको खेलकुद प्रशिक्षण केन्द्रको निर्माणको लागि टेण्डर प्रकृया मार्फत् पर्न आएका बोलपत्रदाताहरुको मूल्यांकनको क्रममा रहेको छ ।

वस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माण कार्यको लागि ९३ करोड ११ लाख ५६ हजार बराबरको बिस्तृत परियोजना प्रस्ताव तयार भईसकेको छ । जस मध्ये पहिलो चरण अन्तर्गत ५९ करोड ५७ लाख ५४ हजार रकम बराबरबाट दुई तला बेसमेण्ट पार्किङ बसपार्क संचालन तथा व्यवस्थापन र व्यवसायिक प्रयोजनका लागि दुइ तला समेत गरी जम्मा ४ तलाको निर्माण कार्य संचालनका लागि बोलपत्र आब्हानको प्रक्रिया अगाडि बढाईएको उपमेयर लामाले वताउनुभयो ।

हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समय सापेक्ष सुविधायुक्त सभागृह सहितको शहिद बासुदेव बहुउदेश्यीय व्यवसायिक कम्पलेक्स र भ्यूटावर निर्माणको लागि बिस्तृत परियोजना तयार भईरहेको अवस्था छ । पुरानो बसपार्क क्षेत्र स्थित १० नं। वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुविधायुक्त संरचना सहितको व्यवसायिक कम्पलेक्स भवन निर्माण गर्नका लागि बिस्तृत परियोजना तयार पार्ने कार्य भईरहेको छ । हेटौंडा–२ कार्यालय परिसर पछाडिको खुल्ला मञ्च रहेको क्षेत्रमा करिव १५० सीट क्षमता भएको सभागृहका साथै कार्यालय परिसर भित्रको खुल्ला भाग व्यवस्थापन गर्ने गरी बिस्तृत परियोजना तयार पार्ने कार्य भईरहेको छ । खेदकुद प्रबद्र्धन अन्तर्गत एडभेन्चर खेललाई प्रोत्साहन गर्न उपमहानगरपालिकाको १८ नं। वडा गुम्बाडांडा गोरक्ष ताल क्षेत्रमा १६ कि।मी लामो साईकल ट्रयाक निर्माणका लागि सम्झौताको क्रममा रहेको छ ।

कर्रा करिडोर निर्माण आयोजनाको बिस्तृत परियोजना प्रस्ताव तयार भइसकेको र यस आर्थिक बर्षमा पहिलो चरणको निर्माण अन्तर्गत २ करोड बराबरको निर्माण कार्य अगाडि बढाउनका लागि बोलपत्र आब्हान भएको र आगामी बर्षहरुमा समेत निरन्तरता दिई कर्रा कोरिडोर सम्पन्न गरिनेछ ।

जोखिम पूर्ण आवागमन गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्न नगर क्षेत्रभित्र सञ्चालनमा रहेका जीर्ण काठेपूलहरुको विस्थापन गर्ने कार्य अन्तर्गत गत आर्थिक बर्षमा वडा नं। १८ को एउटा काठेपूल विस्थापन गरी आर सि सि पक्की पूल निर्माण गरिएको र यस कार्यलाई आगामी आर्थिक बर्षहरुमा समेत निरन्तरता दिई जीर्ण काठेपूलहरु पूर्णरुपमै विस्थापित गरिने उहाँले वताउनुभयो ।

त्यसैगरी ६३ कि।मी लामो चक्रपथ क्रमशः निर्माण सम्पन्न गर्ने लक्ष अनुरुप उपमहानगरपालिकाले यस आबमा वडा नं। १५ र १६ खण्डमा २ करोड ४३ लाख ७५ हजार विनियोजन गरी बोलपत्र आब्हान भई मूल्यांकनको क्रममा रहेको छ ।

साथै वडा नं। १७ र १८ को सडक खण्ड निर्माणका लागि प्रदेश सरकारसंगको साझेदारीमा समपूरक अनुदान कार्यक्रम अन्तर्गत १ करोड ९९ लाख ९८ हजार बजेट विनियोजन गरी बोलपत्र आब्हानको सूचना प्रकाशित भईसकेको छ ।

शहरी क्षेत्रको सडकको स्तरोन्नती गरी यातायात आवागमनलाई व्यवस्थित गर्ने कार्यक्रम अन्र्तगत प्रदेश सरकारसंगको साझेदारीमा समपूरक अनुदान कार्यक्रम अन्तर्गत १ करोड ७९ लाख ५२ हजार बजेट विनियोजन गरी बोलपत्र आब्हानको सूचना प्रकाशित भईसकेको अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*