गढी गाउँपालिकामा बेवारिसे भरुवा बन्दुक फेला

मकवानपुरको गढी गाउँपालिका १ आपटानमा आज बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक फेला परेको छ ।
स्थानिय ३० वर्षका अजित मोक्तानको घर अगाड्रीको सार्वजनिक खोल्सामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानले खोल्सामा पात पतिङगरले छोपेको अवस्थामा देखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक फेला परेका प्रहरीले जनाएको छ । कसले लुकाइ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







