बागमती प्रदेश: ३० वर्ष पत्रकारिता गर्ने ६० वर्ष उमेर पुगेकालाइ पेन्सनको वयवस्था

छहारी संवाददाता
फाल्गुन ८, २०७६

बागमती प्रदेश सरकारले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष पुगेका पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ ।

बागमती प्रदेशका जेष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था सुरु भएको बागमती प्रदेश रजिष्टार रेवती सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, पेन्सनको लागि प्रदेश सरकारले  १५ लाख छुट्याइएको छ ।

त्यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधि पारित भएको पनि उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मृगौला रोगबाट थलिएका पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना र  सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप २० हजारका दरले ४ वटा फेलोसिप दिने योजना बनाइएको रजिष्टारको कार्यालयले जनाइएको छ ।

बागमती प्रदेशको प्रेस रजिष्टारको कार्यालयबाट हालसम्म ९० जना पत्रकारले परिचय पत्र लिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*