सालक पार्कको महायज्ञमा १ लाख २५ हजार संकलन

छहारी संवाददाता
फाल्गुन ३, २०७६

हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासका लागि शुक्रबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पहिलो दिन शनिवार १ लाख २५ हजार संकलन भएको छ ।
 
नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेको महायज्ञमा शनिवार फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा १ लाख २५ हजार रूपैयाँ संकलन भएको अार्थिक उपसमिति संयोजक राजनप्रसाद चौलागाईंले बताए । 

महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ । 

महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान गरेको मूल समारोह समितिका संयोजक अर्जुनप्रसाद दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*