संस्कृत विधाको उत्थानका लागि पाठ्यपुस्तक वितरण

संस्कृत विधाको उत्थानका लागि संस्कृत वेद विधालयका विधार्थिहरुलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।
ब्राह्मण समाज नेपाल मकवानपुरको प्रथम बार्षिकोत्सवको अवसरमा संस्कृत वेद विधालयका १८ जना विधार्थिहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो ।
गोरक्षेश्वर क्षेत्र दिव्य धाम राप्ति तटमा आयोजित कार्यक्रममा ब्राम्हण समाजका केन्द्रीय सदस्य सिताराम वर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजका अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत वद विधालय संचालक समितिका अध्यक्ष प्रेम नाथ पराजुली, मकावानपुर उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष रामप्रसाद सुवेदी लगायतको सहभागिता रहेको थियो ।







