जिसस मकवानपुरका प्रमुख खुलालद्धारा भ्रष्टाचारलाई समाजको रोगको संज्ञा

छहारी संवाददाता
माघ २८, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भ्रष्टाचारलाई समाजको रोगको संज्ञा दिनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले जसरी रोगले मानिसलाई भित्र भित्रै सिद्याउछ, त्यसरी नै भ्रष्टाचारले समाजलाई विगारेको बताउनुभयो ।

सबैले आफ्नो दायित्व कर्तव्य बोध गरे भ्रष्टाचार निर्मुल हुने अन्यथा सबैको छबी बिग्रीने बताउनुभयो । जिसस प्रमुख खुलालले अख्तियार दुरुपयोग आयोगले पछिल्लो समय भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा देखाएको तदारुकता प्रति खुशि व्यक्त गर्दै सफलता प्राप्त होस् भन्ने शुभकामना दिनुभयो ।

यद्यपी उहाँले अख्तियारले गर्ने अनुसन्धानका क्रममा केहि समस्या देखा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– "अनुसन्धान आतंकको रुपमा आयो भने धेरै कुरमा अप्ठ्याराहरु पनि बढ्ने रहेछन् । विकास लगायतका कामहरु रोकिने परिस्थती बन्दोरहेछ ।" 

कर्मचारीहरुमा अहिले अख्तियार आतंक छाएको भन्दै प्रमुख खुलालले टेलिफोन र म्यासेजकै आधारमा उजरी पर्दा कर्मचारीहरु काम गर्नै डराउने गरेको बताउनुभयो । अब अख्तियारले नया ढंगले अघि बढ्नु पर्ने भन्दै उहाँले भ्रष्टाचार नियन्त्रणको लागि पहिले सामाजिक रुपान्तरण जरुरी रहेको बताउनुभयो ।

सबैको इमान्दारीताले मात्रै यो सम्भव हुने भन्दै उहाँले अख्तियारको कदम अगाडी बढ्दा सबैले  साथ दिनु पर्ने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्षहरु, विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्थानिय संचारकर्मी लगायतको लगायतको आतिथ्यता रहेको थियो । आायोगको कार्यालय  हेटौडाका प्रमुख ९ सहसचिव० शिव कुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*