सूचना प्रविधि विधेयक विरुद्ध सरकारलाई नेपाली कांग्रेसको विरोधपत्र
नेपाली कांग्रेस मकवानपुरले सूचना प्रविधि विधेयक विरुद्ध देशभरी जस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत सरकारलाई विरोधपत्र बुझाएको छ ।
एकसाथ ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम अनुसार कांग्रेसले आज मकवानपुरमा समेत बिरोधपत्र बुझाएको हो ।
विधेयकमा उल्लेख भएका प्रावधानहरु सच्याउन माग गर्दै नेपाली कांग्रेस जिल्ला समितिले बिरोधपत्र बुझाएको हो ।
गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन् हुने निष्कर्ष निकालेको थियो ।
उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालयमार्फत बिरोध पत्र बुझाइएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।
संविधान विरोधी र जनताको अभिव्यक्तिको स्वतन्त्रतामा असर पर्ने बिधेयकहरु अघि बढाउँदा देशमा निरंकुशता बढ्ने बताउँदै कांग्रेसले त्यस्ता विधेयक पारित हुन नदिने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
जिल्ला पार्टी कार्यालय हेटौंडामा भेला भई जुलुससहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर बिरोधपत्र बुझाईएको थियो ।







