लिटिलबडी प्रिस्कुल सञ्चालनको तयारीमा

प्रदेश ३ को राजधानी हेटौंडामा पहिलो पटक युके पाठ्यक्रमको आधारमा प्रि स्कुल सञ्चालनको तयारीमा रहेको छ । लिटिलबडी प्रिस्कुलको नामले हेटौंडा ४ हुप्रचौरमा सञ्चालनको तयारीमा रहेको प्रिस्कुलका सञ्चालक युवराज दाहालले बताए ।
स्कुलपरिसरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रिस्कुलको बारेमा जानकारी दिइएको थियो । युकेमा सञ्चालित प्रिस्कुलको पाठ्यक्रममा आधारित यो लिटिल बडी प्रिस्कुल सञ्चालन गर्न लागेको दाहालले बताए । कार्पोरेट कार्यालय इन्डियामा रहेको यो स्कुलको नेपालमा भने काठमाडौंमा मुख्य कार्यालय रहेको काठमाडौं कार्यालयका दिनेश लामाले बताए । काठमाडौंमा नै तिन वटा गरि देशभरमा रहेको यस लिटिल बडी प्रिस्कुल हेटौंडामा भने सातौं स्कुलको रुपमा रहेको लामाले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्पोरेट कार्यालयका एवं लिटिलबडी प्रिस्कुलका प्रमुख रमैया गगांधरणले नेपालमा यस्तो खालको प्रिस्कुल विस्तार हुदै गरेको अवस्थामा हेटौंडामा पनि सञ्चालन हुनलागेकोमा खुसी रहेको बताईन्, । पहिलो पटक हेटौंडामा सञ्चालन गर्न लागेकोले युके पाठ्यक्रममा आधारित पढाइ हुने बताई्न, ।
६० जना बालबालिकालाई पठनपाठन गराउन सक्ने क्षमता रहेको लिटिलबडी प्रिस्कुल माघ ११ गते हेटौंडाकी चेली पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक दाहालले बताए । उनले बालबालिका हरेक दिन स्वास्थ्य परिक्षण पश्चातमात्र कक्षामा प्रवेश गराउन नर्सको सुविधा समेत गरिएको बताए ।
बालबालिकालाई खाना, खेलकुद र जीमको समेत व्यस्था रहेको छ । बालबालिकाका अभिभावकले घरमा बसेर आफ्नो छोराछोरीको बारेमा सिसिटिभीको माध्यमबाट हेर्न सकिने समेत सञ्चालक दाहालले बताए







