दिव्यसेवा निकेतन आश्रममा व्यवसायिक तरकारी खेति (तस्विरहरु)

छहारी संवाददाता
पुस १५, २०७६

सम्झना घिमिरे/ खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने उखानलाई दिव्यसेवा निकेतन आश्रमले सावित गरेर देखाएको छ ।

आश्रमको दैनिक खर्चमा केही सहुलियत पुर्याउन दिव्यसेवा निकेतन आश्रमले व्यवसायिक रूपमा तरकारी खेति उत्पादन कार्य थालनी गरेर यो सावित गरेको हो ।

आश्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत गत वर्ष करिव २५ लाख रूपैँया अनुदान रकमबाट व्यवसायिक कृषि खेति उत्पादनका लागि दुई वटा टनेल निर्माण गरि गोलभेँडा, काउलि, वन्दा, खुर्सानी उत्पादन सुरु गरिएको छ ।

बेसहारा जेष्ठ नागरिकलाई आश्रय दिने उदेश्यले हेटौंडा—१५ रातोमाटेमा संचालन गरिएको दिब्यसेवा निकेतन आश्रम वि.सं. २०५८ सालदेखि स्थापना भएपनि २०६४ सालदेखि मुर्त रुप पाएको केन्द्रीय अध्यक्ष टिआर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आश्रमले बार्षिक ३ मेट्रिकटन तरकारी उत्पादन गर्नुपर्ने सर्त अनुसार कृषी मन्त्रालयद्वारा २५ लाख अनुदान रकम स्वीकृत भएको हो । र सो सर्त अनुसार गोलभेँडा भने उत्पादन गर्न सकिने उहाँको भनाई छ ।

आश्रमका केन्द्रीय अभिभावकका रुपमा रहनु भएका केदार न्यौपानेले जेष्ठ नागरिकको सम्मान तथा वकालतमा काम गर्ने र समाज तथा परिवारमै स्थापित गराउनु आफुहरुको लक्ष्य रहेको बताउनुभयो ।

वृद्द वृद्दाबाट सिकेको सभ्यता कहिले पनि गलत हुन नसक्ने बताउँदै न्यौपानेले भन्नुभयो– ''अबको पिढिलाई जेष्ठ नागरिकको सम्मान र माया गर्न सिकाउन हामिले यो दिव्य सेवा निकेतन स्थापना गरेका हौं ।'' 

आश्रममा हाल २४ जना बृद्ध बृद्धा आश्रित छन् र उनिहरुले हाल गोलभेंडा प्रतिकिलो ५० रुपैयामा स्थानियहरूलाई विक्रि समेत गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*