महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै हेटौडामा सेनेटरी प्याड बनाउने तालिम सुरु 

छहारी संवाददाता
पुस १५, २०७६

महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हेटौडामा पनि सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।

महिलाले महिनावारी भएका बेला घरमै उपलब्ध पुराना टालालाई प्याडको रुपमा प्रयोग गर्दा संक्रमण भई विभिन्न रोग लाग्न सक्ने भन्दै महिलालाई सचेत गराउन महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरले तालिमको आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिका र युएनडिपिको समन्वयमा सुरु भएको १५ दिने तालिमले महिलालाई स्वस्थ रहन अभिप्रेरित गर्ने महिला सशक्तिकरण तथा गरिबी निवारण समुहकी अध्यक्ष इन्दिरा न्यौपाले विश्वास व्यक्त गर्नु भएको छ ।

महिलालाई उत्पादनमुखि र व्यवसायिकरणमा सक्षम हुन तालिमले सहयोग गर्ने भएकाले तालिम अत्यन्तै महत्वपूर्ण रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

रुपन्देहीकी गंगा थापा र कल्पना जीसीले प्रदान गर्ने यस तालिममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, २ र १० का १२ जना महिलाको सहभागीता रहेको छ ।

वडा नम्बर १० का अध्यक्ष कितापसिँह लामाको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बेगम बरालको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, १० नम्बर वडा सदस्य साधना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*