एक दशक देखी नियम पुर्ण पालना गरी सवारी चलाउने ‘राधेराधे’ सम्मानित

जिप्रका मकवानपुरले गर्यो चालकलाई प्रोत्साहन
छहारी संवाददाता
पुस १५, २०७६

एक दशक देखी सवारी नियमको पुर्ण पालना गरी सवारी चलाउने चालक राधाकृष्ण थापा 'राधेराधे'लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्मान गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा १ चौकीटोलमा रहेको सुमो काउण्टर स्थलमा आयोजना गरेको कार्यक्रममा जिप्रका मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुशिलसिंह राठौरले थापालाई ढाका टोपी लगाइदिएर सम्मान गर्नु भएको हो ।

राठौरले सवारी दुर्घटना न्युनिकरणको लागि चालकलाई सवारी सम्बन्धी सचेतना दिनु भएको थियो । साथै हेटौडा– कुलेखानी–काठमाण्डौ चल्ने टाटासुमोका चालकलाई यात्रुहरुलाई सुरक्षीत गन्तव्यमा पुर्याउन अनुरोध गर्दै शुभकामना समेत दिनुभयो ।

प्रहरीले हिजो र आज गरी चौकीटोल, भैंसे र भिमफेदी प्रहरी चौकीमा करीब ५ सय टाटा सुमोहरुलाई रोकी सम्भावित दुर्घटनाबाट जोगिएर सवारी चलाउनु सचेत गराएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरी बिष्णु ढकालले जानकारी दिनुभयो ।

आजको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, सुमो व्यवसायी, सुमो काउन्टरका कर्मचारी लगायतको उपस्थितीे रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*