काठमाडौंका युवाहरूले लगे साइकलिङ अफरोड च्याम्पियनसिपका पदक

छहारी संवाददाता
पुस १३, २०७६

साइकलिङ अफरोड च्याम्पियनसिपमा काठमाडौंका बुद्धी बहादुर तामाङ च्याम्पियन भएका छन् ।

अाज विहान सुरु भएकाे च्याम्पियनसिपमा ३९ जनालाई पछि पार्दै तामाङले पचास हजार नगद सहित मेडल ट्रफि प्राप्त गरेका छन् ।

त्यस्तै च्याम्पियनको दोस्रो स्थान हासिल गर्न सफल काठमाडौंकै सुरज रानामगरले नगद ३० हजार सहित प्रमाणपत्र मेडल र ट्रफि प्राप्त गरेका छन् भने तेस्रोमा काठमाडौंका लक्ष्मण मल्लले नगद २० हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन्, ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । हेटौंडा राइर्डस क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिला सहित ४१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमको अवसरमा महिला सहभागिताहरुलाई साइकल हेल्मेट हौसल्ला प्रदान हुने गरि हस्तान्तरण गरिएको थियो ।

च्याम्पियनमा ४० वर्ष उमेर माथीको राइर्डस मध्ये हेटौंडाका राजु गुप्तालाई हौसला पुरस्कार भनि २० हजार बराबरको साईकल प्रदान गरिएको थियो । भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गरि मकवानपुरगढी परिक्रममा गरि हेटौंडा फर्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*