शिक्षकहरूकाे नेतृत्व बिकास कार्यशाला गाेष्ठि सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अायोजनामा एक दिने नेतृत्व बिकास कार्यशाला अाज सम्पन्न भएकाे छ ।
संगठन केन्द्रीय समिति अध्यक्ष लक्षमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष माधव अधिकारी र केन्द्रीय सचिवालय सदस्य कमला थापाकाे विशिष्ठ अातिथ्यता रहेकाे थियाे ।
संगठनकाे सांगठनिक सक्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएकाे प्रशिक्षणात्मक कार्यक्रमलाई अध्यक्ष शर्माले मूख्य प्रशिक्षककाे भूमिका निर्वाह गर्नुभएकाे हाे ।
अन्य प्रशिक्षकहरुमा कमला थापा, पद्मा पाैडेल, रमेश प्रसाद लामिछाने लगायत रहनुभएकाे थियाे । जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरीका संगठनका विभिन्न तहका पदाधिकारीकाे सहभागिता रहेकाे थियाे ।
संगठनकाे ५ महिने अभियान अन्तर्गत अन्तर्गत गरिएकाे प्रशिक्षणात्मक कार्यक्रममा अभियानमा गरिने कार्यक्रमकाे बारेमा समेत प्रष्ट्याईएकाे थियाे ।
जसअन्तर्गत पालिकास्तरिय बिस्तारित बैठक राख्ने,वडा कमिटि गठन गरि वडा भेला बाेलाउने, सदस्यता नविकरणलाई तीब्र बनाउने, शिक्षककाे शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रत्येक पालिकामा पालिकास्तरीय सूचना प्रविधि तालिम सञ्चालन गर्ने एवम् रचनात्मक कार्यक्रम गर्ने प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।







