संघकाे सदस्यलाई चुरेहिल अस्पतालमा उपचारमा छुट

छहारी संवाददाता
पुस १२, २०७६

मकवानपुर उद्योग वाणिज्य संघकाे सदस्यहरूका लागि चुरेहिल अस्पताल प्रालिले उपचारमा बिशेष छुट सुविधा प्रदान गर्ने भएको छ ।

चुरेहिल अस्पतालले उपचार गर्दा लाग्ने शुल्कहरुमा विभिन्न छुट प्रदान गर्ने सम्बन्धमा अाज मकवानपुर उधाेग वाणिज्य संघ र चुरेहिल अस्पताल प्रालि बिच सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार अस्पतालले संघका सबै सदस्यहरुलाई ओपिडी बाहेकको ल्याबाेटरी शुल्कमा १५ प्रतिशत, औषधी शुल्कमा ७ प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।

नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी भएका सदस्यहरु वाहेकका सदस्यहरुले संघका नविकृत सदस्य भएको कार्ड बोकेर जानु पर्ने सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संघका नविकृत सदस्यहरुको एकाघरमा आश्रित परिवारलाई नाता प्रमाणित कागजातकाे अाधारमा स्वास्थ्य उपचारमा सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्र तीन वर्षमा नविकरण हुनेछ । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट र अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, प्रशासन प्रमुख विवेक मानन्धर, व्यवस्थापक सुरेन्द्र बडु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*