सुमाे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

रौतहटको चन्द्रपुरवाट काठमाण्डाैतर्फ जाँदै गरेकाे ना १ ज ३४३३ नं काे शिखरापुरकाे टाटासुमाे दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै र गम्भीर घाईते ५ जना मध्ये २ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
मकवानपुरकाे ईन्द्रसराेवर गाउपालिका ३ अाेखरे डाडामा सुमाे दुर्घटना हुँदा २ जना महिला र ३ जना पुरूषसहित ५ जनाकाे मृत्यु भएकाे जनाईएको छ ।
हेटाैडा कुलेखानि फर्पिङ काठमाडौं सडक खण्डवाट करिव ३०० मिटर तल झर्दा भएकाे उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका ५ जना मध्ये काठमाडौं मेडिसिटि अस्पतालमा उपचारका क्रममा थप दुइजनाकाे मृत्यु भएकाे प्रहरिले जानकारि गराएकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर बस्ने अन्दाजी ३५ बर्षीया सृजना बिक, उनका श्रीमान मनिष विक, रौतहट चन्द्रपुर नगरपालिका ६ झनझने टोल बस्ने ७४ बर्षीय केदार तिमिल्सिना, सिन्धुली दुधौली नगरपालिका ५ बस्ने ५८ बर्षीय नेत्रमान रुसाल (भुजेल) र उनकी श्रीमती ५२ वर्षीया भक्तकुमारी रुसाल (भुजेल) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिएका छिन् ।
मुत्यु भएका तिनजनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते हुने ४ जनामा सुमो चालक हेटौंडा–१७ का २८ वर्षका अनिल बिक, सर्लाही बागमती नगरपालिका ३ का २७ बर्षीय रंजित रिजाल, रौतहट गरुडा नगरपालिका ५ का नन्दकिशोर शाह र रौतहट माधव नारायण नगरपालिका ५ का ५५ बर्षीय जय शाह रहेको प्रहरीले जनाएको छ ।
नन्द किशोरको मेडिसिटि अस्पतलमा आइसियुमा राखेर उपचार भइरहेको र ३ जनाको बयोधा र मेडिसिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।







