पर्यटन विकासका लागि पहिला बाटाे बन्नुपर्छ : पर्यटन मन्त्री नेपाल

प्रदेश तिनका उधाेग पर्यटन वन तथा वातावरण मन्त्रि अरुण नेपालले पर्यटनकाे विकास गर्न सर्वप्रथम वाटाे वन्नुपर्छ भन्नुभएकाे छ ।
जवसम्म पर्यटकहरूका लागि अावस्यक पर्ने पुर्वाधार निर्माण हुन सक्दैन तवसम्म पर्यटकिय विकासमा लक्ष्य अनुरुप प्रगति हासिल गर्न नसकिने उहाँले बताउनुभएकाे छ ।
अाज हेटाैडामा अायाेजित नवाै सडक खाना महाेत्सव तथा सांस्कृतिक कार्यक्रममा बाेल्नुहुँदै मन्त्रीले
अार्थिक समृद्दिकाे महत्वपुर्ण पाटाे पर्यटन व्यवसाय नै रहेकाे र पणरदेश तीन सरकारले भ्रमण वर्ष २०२० सफल वनाउन निरन्तर लागिपरिरहेकाे बताउनसभयाे । उहाँले पर्यटकलाई अाकर्षण गर्न सक्ने पुर्वाधार विकास निर्माण गर्न जरुरि छ भन्दै अवकाे सन २०२० देखि २०३० सम्मकाे अवधिलाई भाैतिक निर्माण वर्षकाे घाेषणा गर्ने जानकारि समेत गराउनुभयाे ।
अाफ्नाे प्रदेशलाई गन्तव्य स्थलकाे रूपमा विकास गर्न सिटि टावर वनाउन जरुरि रहेकाे र उक्त विषयमा छलफल भईरहेकाे वताउदै उहाँ भन्नुहुन्छ-" सिटि टावरमार्फत पर्यटकहरूले हेटाैडालाई अवलाेकन गर्न सकुन र अाकर्षणकाे केन्द्र विन्दुका रूपमा विकास गरि
व्यवसायिक रूपमा अघि वढाउन सकियाेस ।"
त्यसैगरि कार्यक्रममा राष्ट्रिय समावेशि अायाेगका सदस्य विष्णु अाेझाले हेटाैडा अब प्रदेश नं तिनकाे राजधानि भएकाेले सहरकाे रूपमा विकास गर्न अावस्यक रहेकाे बताउनुभयाे । हेटाैडा बजारकाे भाैतिक संरचनाहरू सानाे भईसकेकाे महसुस भएकाे बताउनुहुँदै उहाँले अब बजारलाई विस्तार गर्दै समृद्दिकाे दिशामा लैजान जरुरि छ भन्नुभयाे ।
इश्वी सम्वत नयाँ वर्ष २०२० को अवसरमा तिन दिन सम्म सञ्चालन हुने खाना महोत्सव आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले महोत्सवको उद्घाटन गरेका थिए ।
हेटौंडाको खेल मैदान हुप्रचौरको पूर्वी सडकमा खाना महोत्सव भइरहेको छ । मकवानपुर होटल एसोशियसनको आयोजनामा विगत ८ वर्ष देखि खाना महोत्सव हुदै आइरहेको छ । ‘सडकमै जाऔं सडकमै खाअाैं र सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ खाना महोत्सव गरिएको एसोशियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयाे । भ्रमण वर्ष २०२०को सन्दर्भमा आन्तरिक तथा छिमेकी राष्ट्र भारतका पर्यटकहरुलाई आकर्षित गर्न सहयोग पुग्ने र लेखक केदार प्रसाद न्यौपानेले लेख्नुभएको मकवानपुर पर्यटक पथ प्रदर्शक पुस्तिकाको विमोचन समेत गरिएको थियो ।
महोत्सवमा ४० वटा विभिन्न शाहाकारी र माशांहारी परिकारका स्टल रहने एसोशियसनका महासचिव विष्णुगोपाल महर्जनले बताउनुभयाे । महोत्सव हुने प्रत्येक दिन विभिन्न साँस्कृतिक कार्यक्रम हुने र १२ गते राष्ट्रिय स्तरका कलाकार रन्जित परियार र चिजा तामाङले आफ्नो प्रस्तुती दिने महासचिव महर्जनले जानकारि गराउनुभएकाे थियाे ।
उद्घाटन कार्यक्रममा समाबेसी आयोगका सदस्य विष्णु ओझा, पूर्व सांसद अनन्त पौडेल, जिसस मकवानपुका प्रमुख रघुनाथ खुलाल, पुरानाे गाेरख गणका प्रमुख सेनानि अनिलकुमार बुढाथाेकि, सशस्त्र प्रहरी वलका मकवानपुर प्रमुख विकास घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमाग्रि, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ठ, एसोसियसनका कोषाध्यक्ष कल्याण पौडेल लगायतकाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । महोत्सव १३ गते आईतबार सम्म सञ्चालन हुनेछ ।







