मकवानपुरमा भ्रमण वर्ष २०२० लक्षित कार्यक्रमहरु

नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समिति मकवानपुरले पनि लक्षित कार्यक्रमहरू सार्वजनिक गरेकाे छ ।
पर्यटकिय क्षेत्र प्रशस्त रहेकाे मकवानपुर जिल्लामा भ्रमण वर्ष सफल बनाउन र जिल्लाका पर्यटकिय स्थलको थप प्रचारप्रचार गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएकाे छ ।
जिल्ला समन्वय समिति मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षमा मकवानपुरमा हुने कार्यक्रममा जिससले मकवानपुरमा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको ब्रोसर प्रकाशन गर्ने, जिससले बुद्धचोक, सहिद स्मारकमा होर्डिङबोड राख्ने, मनहरी गाउँपालिकाले लोथरमा, थाहा नगरपालिकाले टिस्टुङमा, इन्द्रसरोवरले हुमाने र वागमती गाउँपालिकलो झुरझुरेमा होर्डिङ बोर्ड राख्ने जनाइएको छ ।
यस्तै माघ १० गते मकवानपुरगढीमा विजयत्सोव मनाउने, सहित स्मारमा सहिद सप्ताह मनाउने, हेटौंडा राइडर्स क्लब्ले अफरोड च्याम्पियनशिप प्रतियोगिता गर्ने, इन्दसरोवरको कुलेखानी ताल माथि प्यालाग्याइडिङगर्ने लगायतका कार्यक्रमहरु रहेको प्रमुख खुलालले जानकारी दिनुभएकाे छ ।







