शिखरापुरकाे सुमाे इन्द्रसराेवरमा दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

छहारी संवाददाता
पुस ११, २०७६

रौतहटको चन्द्रपुरवाट काठमाण्डाैतर्फ जाँदै गरेकाे ना १ ज ३४३३ नं काे शिखरापुरकाे टाटासुमाे दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

मकवानपुरकाे ईन्द्रसराेवर गाउपालिका ३ अाेखरे डाडामा सुमाे दुर्घटना हुँदा १ जना महिला र २ जना पुरूषसहित ३ जनाकाे मृत्यु भएकाे जनाईएको छ ।

हेटाैडा कुलेखानि फर्पिङ काठमाडौं सडक खण्डवाट करिव ३०० मिटर तल झर्दा भएकाे उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका ५ जनालाई फर्पिङ सामुदायिक अस्पतालमा सामान्य उपचार गराई काठमाण्डाै तर्फ लगिएकाे प्रहरिले जानकारि गराएकाे छ ।

घटनास्थलमा अहिले उद्दार कार्य जारी रहेकोले विस्तृत विवरण आउन बाकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*