आजदेखी वैदिक नव वर्ष ५ हजार ८५ प्रारम्भ
आजदेखी वैदिक नव वर्ष ५ हजार ८५ प्रारम्भ भएको छ ।
आजबाट द्वापर युगको समाप्त भै कलियुग प्रारम्भ भएको भन्ने मान्यता रहँदै अाएकाे छ ।
नव बर्षकै उपलक्ष्यमा अग्नीहोत्रा आश्रममा शुभकामना आदनप्रदान कार्यक्रममा आश्रमका संरक्षक डा शिताराम खनालले वैदिक नव वर्षका बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले युगहरू मध्ये सबै भन्दा छोटोे कलियुग आफैको आयु ४ लाख ३२ हजार वर्ष रहेको भन्दै यस मध्ये अहिले सम्म जम्मा ५ हजार ८४ वर्ष बितेको बताउनु भयो ।
अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय १६ वर्ष बाँकी रहेको प्रस्टयाउदै संरक्षक खनालले यो सकिँदा पनि प्रलय भएर संसार नाश भने नहुने बताउनु भयो ।
यसपछि वातावरण परिवर्तन भै सत्ययुग प्रारम्भ हुने भन्दै संरक्षक खनालले अन्तरिक्षमा अहिले सप्तऋषि मघा नक्षत्रमा रहेको बताउनु भयो । जब एकै समयमा एकै चोटी तिष्य नक्षत्र सूर्य, चन्द्र, बृहस्पति एउटै राशिमा प्रवेश हुन्छ तेही समयबाट सत्ययुग प्रारम्भ हुने समेत उहााले बताउनुभयो ।
वैदिक बाह्रै मासको शुक्ल प्रतिपदा बाट शुरु भै अमावास्यको दिन समाप्त हुने बताउदै संरक्षक खनालले यस वर्ष चलन चल्तिको २०७६ साल पौष महिनाको १० गतेका दिन वैदिक नव वर्ष ५हजार ८५ वैदिक नयाँ वर्ष प्रारम्भ भएको बताउनु भयो ।
कार्यक्रममा मनहरी गाँउपालीकाका अध्यक्ष एकराज उप्रेती,समाजसेवी बिश्वकान्ति कलावती,नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी,नेपाली काग्रेश कमवानपुरका सल्लाहाकार माईकल रामचन्द्र अर्याल,जिल्ला सदस्य भिमसेन महत,नेपाल तरुणदल हेटौडा उपमहानगरपालीका नगर अध्यक्ष सुनिल गिरी,लाईन्सकर्मी समाजसेवी अंकीता सुमार्गी लगाएत जिल्लाका प्रतिष्ठीत ब्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।







